२ पाल्पा, असार । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न ।
आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा१५छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।घाइतेहरूको अवस्था मध्यम रहेको छ।
जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।