ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति

काठमाडौँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको छ । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर पहिरोले क्षति पुर्‍याएको हो । ‘मानवीय क्षति हुन पाएको छैन । केही पशु चौपायाको पहिरोमा परि मृत्यु भएका छन्’, वडाध्यक्ष सुनुवारले रातोपाटीलाई जानकारी दिए ।

पहिरोले घरमा क्षति भएपछि स्थानीयलाई विद्यालय भवनमा राख्न लागिएको जानकारी दिँदै उनले पहिरोका कारण त्यस क्षेत्रमा अन्य घरपनि जोखिममा परेको बताए ।

सेयर गर्नुहोस्