ओली र देउवालाई बालेनको व्यंग्य: ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले’

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेको सहमतिलाई व्यंग्य गरेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि प्रमुख शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले।’

महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन्। केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ। सहमति अनुसार पहिले नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन्।

सेयर गर्नुहोस्