गगन थापाले भनेः प्रचण्ड समझदारीमा इमान्दार नहुँदा माधव नेपालको प्रधानमन्त्री बन्ने अवसर गुम्यो

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताएका छन्।

पार्टीका प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि अध्यक्ष नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताएका हुन् । उनले कांग्रेसले सहमति गरेपछि इमान्दारितपूर्वक पालना गर्ने बताएका छन्।

उनले भने, ‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। माओवादी र समाजवादीसँग सहकार्य गरेर ०८४ सालसम्म सँगै जाने भनिसकेपछि कांग्रेसलाई आगामी निर्वाचनसम्म एक्लै प्रधानमन्त्री बन भनेर पटक-पटक आएको प्रस्ताव स्वीकार गरेनौं। तर, हामी समझदारीमा बाँधिएका थियौं। एकपटक समझदारी गरेपछि हामी इमान्दार भयौं। हामीले इमान्दारिता राख्यौं। हाम्रो इमान्दारितालाई कमजोरी नठान्नु।’

उनले एमाले र माओवादी सँगै रहन नसक्ने कुरा पटक पटक प्रमाणित भइसकेकाले कांग्रेस एमाले मिल्नुको विकल्प नभएको बताए।

सेयर गर्नुहोस्