काठमाण्डु– पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट भएको छ ।आज बिहान ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को विमान मौसम खराबीका कारण भैरहवा डाइभर्ट भएको हो ।जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिए । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको छ ।
पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो ।त्यसमध्ये एउटा अवतरण भएको छ भने अर्को भिजिविलिटीका कारण भैरहवा अवतरण भएको हो ।