काठमाडौं। सहकारीबाट गोरखा मिडियामा ल्याइएको बचतकर्ताको रकमको कारोबारमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको संलग्नतउ देखिएपछि यस सम्बन्धी छानबिन गर्न गठित समितिले उनलाई पनि कारवाहीको सिफारिस गरेको छ ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारीबाट सोझै रकम निकालेको नभए पनि सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ल्याइएको रकमको कारोबारमा भने संलग्न रहेको ठहर गरेको हो । लामिछानेले गोरखा मिडिया नेटवर्कको खातामा भएको रकमको कारोबार गरेको भए पनि त्यो रकम सहकारीका बचतकर्ताको भएकोले लामिछाने दोषी देखिने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
गोरखा मिडिया नेटवर्ककको खातामा सहकारीका बचतकर्म्पताको रकम जम्नीमा गरिएको थियो । सो रकम कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कम्पनीको खातामा ल्याएका थिए । सो रकमको कारोबार गर्न अध्यक्ष राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीको नामबाट २ छुट्लेटाछुट्टै बैंकमा खाता खोलिएको थियो । ती खातामा तीनैजनाले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिएका छन्।
तीन जनामध्ये कम्तीमा २ जनाको हस्ताक्षरबाट चेक साट्न सकिन्थ्यो । त्यसरी साटिएका चेकमा लामिछानेको पनि हस्ताक्षर भेटिएका छन् ।
रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ। समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गर्दै छ।
समितिका सभापति सूर्य थापाले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन्।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो। शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो।
समितिले सहकारी सम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक गरेको थियो। समितिले शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।
समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन्।