बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौँ, कात्तिक ९ गते

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस, लोसपा, जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।

सेयर गर्नुहोस्