गुगलको नयाँ चिप, जसको गतिले पार्नेछ अचम्म

काठमाडौं ।

गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ ।

उक्त चिपले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने दाबी छ ।पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ ।

गुगलले यसको नाम राखेको छ – विलो ।

गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ ।

यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्या समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर अझै वर्षौं टाढा रहेको विज्ञहरू बताउँछन् ।

सेयर गर्नुहोस्