काठमाडौं,पुस ५-
काठमाडौंमा गएराति सवारी दुर्घटना भएको छ । माइतीघरमण्डलमा राति ११ः ०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो । “कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो,” केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले भने, “दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भएको छैन ।”
कार प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।






