भीम रावल कार्की व्याङ्क्वेट पुग्दा समर्थकको स्वागत, तस्बिरहरू

काठमाडौँ ।

नेकपा एमालेले निष्कासन गरेका डा. भीम रावलले केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्ना योजनाबारे जानकारी गराउँदैछन् । त्यसका लागि उनी माइतीघरस्थित कार्की व्याङक्वेटमा पुगेका छन् ।

उनी कार्की व्याङ्केट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका छन् । रावललाई गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्य नरहने गरी हटाएको थियो । त्यसपछि उनी नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेका छन् ।
 
सेयर गर्नुहोस्