कांग्रेसको १५ औँ महाधिवेशन : संवादमा ‘विरासत’ बोकेका नेताहरू

काठमाडौं

नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारी स्वरूप सभापतिका आकांक्षी नेताहरू आन्तरिक तयारीमा जुट्दै गर्दा ‘विरासत’ बोकेका नेतात्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि संवादमा जुटेका छन् ।

नेतापुत्रका रूपमा समेत चिनिँदै आएका नेतात्रय कोइराला, सिंह र निधिबीच बुधबार चाक्सीबारीमा भेटवार्ता भएको छ । चाक्सीबारी उपप्रधान तथा सहरीविकासमन्त्री समेत रहेका सिंहको निवास हो ।

यसअघि उनीहरूबीच गत असोज ८ मा पूर्वमहामन्त्रीसमेत रहेका कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो । कोइरालाले पूर्वउपसभापति निधि र पूर्वमहामन्त्री सिंहलाई बोलाएर छलफलको सुरुवात गरेका थिए ।

राजनीतिक परिवारमा जन्मे हुर्केका कोइराला, सिंह र निधिलाई कांग्रेसमा ‘विरासत’ बोकेका नेताका रूपमा चिनिन्छ । कोइराला बिपीका छोरा हुन् भने सिंह गणेशमानका र निधि महेन्द्रनारायणका छोरा हुन् ।

सेयर गर्नुहोस्