पहिलो नेपाली महिला राजदूत शाहको निधन

काठमाडौँ, पुस १८-

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन्।

नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइने ।

सेयर गर्नुहोस्