जय ट्रफी कपका लागि पुलिस क्लबको टिम घोषणा, आरिफलाई कप्तानको जिम्मेवारी

विभागीय टिम नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि टिम घोषणा गरेको छ ।

शुक्रबार विभागीय टिम पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् ।

यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

पुलिस क्लबका नियमित कप्तान दीपेन्द्रसिंह ऐरीले भने प्रतियोगिता गुमाउनेछन् । ऐरी यूएईमा हुने अन्तर्राष्ट्रिय लिग टी-२० मा सहभागी हुन दुबई पुगेका छन् । त्यसैले पुलिस क्लबले जय ट्रफीका लागि आरिफलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी २१ पुसदेखि ३ माघसम्म जनकपुर र वीरगञ्जमा हुँदै छ ।

सेयर गर्नुहोस्