विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट

काठमाडौँ, पुस १९-

विश्वको सबैभन्दा प्रसिद्ध युट्युबर मिस्टर बिस्टले आफ्नी प्रेमिका थिया बोयसेनसँग इन्गेजमेन्ट गरेका छन्।उनले क्रिसमसको तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन्।

२६ वर्षीय मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो। ३४ करोड सब्सक्राइबर भएका उनी विश्वकै चर्चित युट्युबर हुन्। उनकी प्रेमिका थिया मूलतः दक्षिण अफ्रिकाकी हुन्। थियाको पनि थियाबिस्टी नामक युट्युब च्यानल छ, जसको करिब ४० हजार सब्सक्राइबर छन्।

मिस्टर बिस्ट विश्वका धेरै देशमा बालबालिका र युवामाझ निकै लोकप्रिय छन्। बिस्टको इन्स्टाग्राममा ६ करोड ४० लाख र एक्समा ३ करोड १ लाख फलोअर्स छन्।

सेयर गर्नुहोस्