लोकसेवा आयोगले भन्यो : प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघ मातहत नै हुनुपर्छ

१९ पुस, काठमाडौं ।

लोकसेवा आयोगले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारको प्रदेश सचिव संघ मातहत नै हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।‘नेपालको प्रतिनिधि प्रदेशले गर्दैन, नेपाल सरकारले गर्छ । यसकारण नेपाल सरकारलाई बलियो बनाउन यो हुन आवश्यक छ,’ अध्यक्ष रेग्मीले भने ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।

रेग्मीले अगाडि भनेका छन्, ‘प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सेवाकै हुनुपर्छ । यसरी जानुपर्छ भन्ने हाम्रो राय छ ।’

सेयर गर्नुहोस्