विराटनगर–
नेकपा एमालेबाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ ।
तत्कालीन समयमा गृहमन्त्री भएको समयमा पूर्व आएका रावल त्यसपछि ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन्। विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले रावललाई स्वागत गदै ‘जय देश जय नरेश’ को नारा लगाएका थिए ।

राष्ट्रिय झण्डा सहित स्वागतका लागि पुगेको राजावादीहरूलाई त्यहाँ कार्यरत प्रहरीले राष्ट्रिय झन्डा भने विमानस्थल परिसरमा लान रोकेको थियो ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरु गरेका थिए। सोही अभियानमा समेत जोडिएका सुनसरी इटहरीका सतिस पोखरेलसहितको समूह रावललाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुगेको थियो ।
पोखरेलले रावललाई स्वागत गर्ने क्रममा माला लगाइ दिँदै पोखरेलले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियानको तर्फबाट स्वागत गदै यो देशमा ठुलो अभियान चलाएर त्यो अभियानमा हामी सम्पूर्ण अभियानकर्मी एक भएर यो देशका दलालहरू विरुद्ध उत्रनु पर्ने राय,सुझाव दिएका थिए । त्यसपछि पोखरेलले जय देश जय नरेशको नारा समेत लगाए ।
केही समय पहिला झापाको काँकडभिट्टास्थित मेची नदीबाट प्रसाईँले ‘नागरिक बचाउने महाअभियान’ अभियान सुरु गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्व युवराज पारस शाह पनि सँगै मञ्चमा देखिए। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अहिले पनि चलिरहेको छ । निकै लामो समयपछि पूर्व आएका रावललाई स्वागत राजावादी,दुर्गा प्रसाईँ समर्थित सँगै विभिन्न राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता सँगै समर्थकहरू विराटनगर विमानस्थलमा पुगेका थिए ।
रावलले विराटनगर स्थलमा प्रधानमन्त्री एव एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई ‘बा माले’ कम्पनीमा परिणत गरिदिएको टिप्पणी गरेका छन् ।
एमाले पार्टीको मूल विचार र सिद्धान्त मास्कवाद र लेलिनबादको रंग अध्यक्ष ओलीले समाप्ति गदै पार्टीलाई बा माले कम्पनीमा परिणत गरिदिएको भनाई थियो । उनले पार्टी अध्यक्ष ओलीले पार्टी भित्र आफूलाई आलोचना गर्नेलाई हटाएर एमालेमा बा मालेलाई स्विकार्ने र जसरी भए पनि पद लिने नीतिलाई अख्तियार गर्ने नेता कार्यकर्ता मात्र राख्ने नीति लिएको समेत बताए ।
पार्टी अध्यक्ष ओली विरुद्ध खरो रूपमा उत्रिएका नेता रावलले ओली भाले न पोथीको पहिचान खुल्न नसक्ने नेताको नमुना रहेको भनेर समेत टिप्पणी गरेका छन्।
एक अर्को प्रंसगमा नेता रावलले मार्तभुमीको रक्षाका लागि आफूले मातृभूमि जागरण अभियान सञ्चालन गरी सबै देशभक्तलाई अभियानमा जोडन चाहेको बताए। अभियानमा कम्युनिस्ट,गैर कम्युनिस्ट,राजवादी सबै अटाउने नेता रावलको भनाई थियो ।
नेता रावल मातृभूमि जागरण अभियानको शिलशिलामा पूर्व आएका हुन् ।उहाँको दुई दिने पूर्वको बसाई मा विभिन्न क्षेत्रका मानिसहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।






