न्त्रालयमन्त्री खड्काले सन् २०३५ भित्रै उर्जा चलायमान २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले सन् २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले हालै मन्त्रिपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पुर्‍याइसक्ने भनेर लिएको जानकारी दिए।

सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनैपनि विकास निर्माणका काममा समय नलाग्ने बताए।विद्युत उत्पादनका लागि पनि सबै संरचना बनिसकेकाले धेरै समय नलाग्ने उनको दाबी छ।

‘२०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाएर २८ हजार ५ सय पुर्‍याउने भनेका छौँ,’ मन्त्री खड्काले भने, ‘अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ। अब २५ हजार मेगावाट विद्युत अबका १० वर्षमा बनाउनुपर्ने छ। त्यसकारणले पनि हिजो भन्दा आज फरक छ। सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ।’

उनले धेरै कारणले धरै आयोजना थन्किएर बसेको भए पनि अब त्यस्तो नहुने दाबी गरे। खड्काले भने, ‘थुप्रै आयोजनाहरु थन्किएर बसेको अवस्था छ। अध्ययन भएका छन्, कहीँ लगानीका दृष्टिकोणले नाफा हुँदैन, अर्थात फाइनान्सियल दृष्टिकोणले भायबल छैन भनेर थन्किएका छन्, कहीँ सरकारसँग श्रोत छैन भनेर थन्किएका छन्। कहीँ बैंकहरुले लगानी गर्दैनन् भनेर थन्किएको अवस्था छ। अब यसरी आयोजनाहरु थन्किएर बस्न पाउँदैनन् र बस्दैनन्। त्यसकारणले यो मजबुत सरकार हो। निजी क्षेत्रलाई पनि यसमा लगानी गर्न उत्साहित गरिन्छ भनेपनि हुन्छ, बाध्यकारी बनाइन्छ भनेपनि हुन्छ।’

अब समयमै काम गर्न सक्नुपर्ने र बैंकहरुले लगाउने सिलिङमा पनि परिवर्तन गर्नुपर्नेमा जोड दिएका मन्त्री खड्काले देशभित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर विद्युत उत्पादन गर्नुपर्ने बताए।

सेयर गर्नुहोस्