पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

बन्दीपुर, पुस २१-

लिक भाँचिएपछि तनहुँको बन्दीपुर केबलकारको सेवा बन्द भएको छ ।

शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।

डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

सेयर गर्नुहोस्