अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

काठमाडौं, पुस २१-

अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ ।

दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३–१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।शृङ्खलाको अन्तिम खेलमा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको हो ।

१६२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गर्ने क्रममा बेउ वेबसेटरले अविजित ३९ तथा ट्रेभिस हेडले ३४ रनको योगदान गरे । वेब सेटरको यो पहिलो टेस्ट हो । उनले पहिलो पारीमा अस्ट्रेलियाका लागि सबै भन्दा धेरै रन प्रहार गरेका थिए ।

पहिलो पारीमा भारत १८५ रनमा सीमित भएको थियो । अस्ट्रेलिया पनि १८१ रनमा नै समेटिए पछि टेस्ट रोमाञ्चक बनेको थियो । भारत दोस्रो पारीमा १५७ रनमा रोकिएको हो ।

अस्ट्रेलियाले पनि ३९ रनमा चौथो विकेट गुमाए पछि भारतको विजयी हुने सम्भावना देखिएको थियो । प्रसिद्ध कृष्णले सुरुवाती ३ विकेट लिएका थिए । उनले पहिलो पारीमा पनि ३ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्