काठमाडौँ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले श्री लालीगुँरास डेरी एण्ड रिसर्च सेन्टरको नाममा रहेको १७ विगाहा जग्गा र २ सय ६४ गाई र बाच्छाबाच्छी कौडीको भाउमा दिएको छ । संस्थाको नाममा रहेको जग्गा, भौतिक संरचना र गाई तथा सोको बाच्छाबाच्छी एनएन एग्रीविजनेश प्रालिलाई ७ लाख भाडामा सुम्पिएको छ ।
यद्यपी सोही संस्थाले समितिलाई मासिक १४ लाख रुपियाँ भाडा तिर्ने सर्तमा जिम्मा लिन पत्राचार गरेको थियो । प्रालिको तर्फबाट निवेदक शिव कार्कीले मासिक १४ हजार भुक्तानी गरी कर्मचारी तलब लगायत अन्य दायीत्वहरु भुक्तानी गर्न ३ हप्ताभित्र १ करोड रुपिया पेस्की र तत्काल समस्या समाधान गर्न सम्झौता भएको मितिमा २४ लाख रुपियाँ भुक्तानी गरी भाडामा गाई फार्म सञ्चालन गर्ने उल्लेख भएको थियो । दुई संस्थाबीच बिहीबार सम्झौता भएको थियो । त्यसको अघिल्लो दिन अर्थात् माघ २ गते प्रालिले फरक प्रस्ताव पेस गरेको थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चलखेल गरी सोही कम्पनीलाई मासिक ७ लाख भाडा र १ करोड २४ लाख रुपियाँमा सबै गाई र त्यसले जन्माएको बाच्छाबाच्छी बिक्री गरेको छ । समितिले बिहीबार फार्मको कार्यालयमा व्यापारीलाई बोलाएर सम्झौता गरेको थियो ।
मासिक १४ लाख भाडा आउने जग्गालाई ७ लाख र हाल लाली गुँरास सहकारीकै नाममा गाई र बाच्छाबाच्छी रहनेगरी १ करोड रुपियाँ दिने प्रस्ताव गरेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबै गाई र बाच्छाबाच्छी १ करोड २४ लाख रुपियाँमा बिक्री गर्यो ।
स्रोतका अनुसार समितिकातर्फबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेल, सदस्यहरु काशीचन्द्र बराल, ध्रुव आचार्य र प्रहरी सहायक निरीक्षक विकास कटुवालको उपस्थिति रहेको थियो । भने व्यापारीको तर्फबाट शिव बहादुर कार्कीको उपपस्थिति रहेको थियो ।
लिजमा दिएको जग्गामध्ये सहकारीको स्वामित्वमा १० र प्रिसा इन्भेष्टमेन्ट कम्पनीको स्वामित्वमा ७ बिगाहा जग्गा रहेको छ । तर सम्झौतागर्दा सबै जग्गा त्यहाँ रहेको उपकरण, संरचना र सवारी साधन प्रालिलाई सुम्पेको छ ।
सरकारले गएकोवर्ष फागुन १९ गते समस्याग्रस्त घोषणा गरेको लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाको स्वमित्वमा रहेको गाईफार्म व्यवस्थित रुपमा सञ्चालन भैरहेको थियो । समितिले समस्याग्रस्त संस्थालाई एउटा कम्पनीले उल्लेख गरेको रकम भन्दा कममा आर्थिक चलखेल गरी सबै गाई बेचेर बाँकी सम्पती कौडीको भाउमा लिजमा दिएको स्रोतका भनाई छ ।
समितिले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न ऋणीसंग ऋण उठाउनु भन्दा भएको सम्पत्ती मनपरी मुल्याङकन गरी सस्तोमा बिक्री गर्न अग्रसर थालेको आरोप लागेको छ । त्यसको शिकार लालीगुँराको स्वामित्वमा रहेको गाई फार्म रहेको छ । खरिदगर्ने वा लिजमा लिनेले दिएको मुल्याङकन भन्दा समस्याग्रस्त समितिका सदस्यले मनपरी भाउ उल्लेख गरेर लिजमा गएको विषय गम्भीर रहेको छ ।
समितिले सहकारी ऐन, ०७४ को रा १०५ बमोजीम सम्पति ब्यवस्थापन तथा दायित्व भुक्तानीको लागी उल्लेख गरेको रकम बिहीबार उपलब्ध गराउन निर्देशन दिएको थियो । समितिले एकैदिनमा हतारमा सम्झौता गरी संस्थामा आएको प्रस्ताबना भन्दा कम कौडीको मूल्यमा लिजमा दिँदा करिब २२ हजार शेयर सदस्यको रकम उठ्ने विषयमा शङ्का उब्जेको छ ।
सम्झौतामा पहिलो अर्थात् समितिको पक्षबाट मुल्याङकन भएको २ सय ६४ वटा गाई १६ वटा बाच्छावाच्छिको मुल्याङकित र एक करोड पच्चिस लाख पैँतालिस हजार पाँचसय रुपियाँमा दिनुपर्ने उल्लेख छ ।
गाई फर्म रहेका संरचना, जग्गाजमिन , उपकरण, कम्प्युटर मेसिनहरु फर्मवाट पेस भएका विवरण अनुसारको नियमित मर्मत संम्भार रेखदेख गर्नुपर्ने दायित्व दोस्रो पक्षको हुनेछ र संरचनात्मक उपकरणहरुको टुटफुट नोक्सानी भएमा दोस्रो पक्षले बेहोर्नुपर्ने, नेपाल सरकारलाई बुझाउनुपर्ने कर दायित्व दोस्रो पक्षले बुझाउनुपर्ने छ ।
समितिले करिब करोडौ रुपियाँ खर्च गरेर खरिद गरेको गाई फार्म कम्पनीलाई जिम्मा दिएको छ । सम्झौतापत्रमा दोस्रो पक्षले गाईहरुको मुल्याङकित रकम जम्मा गरि जिम्मा लिने, गाईको स्वामित्व बेचबिखन सबै गर्न पाउने र प्रथम पक्षले २६४ गाई तथा बाच्छाबाच्छिको हकमा सम्झौता गरी लिई सके पछि कुनै जिम्बारीमा नरहेने लेखिएको छ ।
समितिले सम्झौता गर्दा ५ प्रतिशत भाडा सम्झौताको मिति देखि २ दुई वर्ष पछि वृद्धि हुने, दोस्रोपक्षले पहिलोपक्षबाट निर्णय नहुन्जेल सम्मको लागि संस्थामा रहेका संरचना, जमिन, उपकरण, सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ ।



