इरानमा सर्वोच्च अदालतका दुई न्यायधिशको गोली हानी हत्या

एजेन्सी 

इरानको सर्वोच्च अदालतका दुई न्यायधिशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

आक्रमणकारीले न्यायधिशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

सेयर गर्नुहोस्