युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्रीले दिए राजीनामा

६ माघ, काठमाडौं।

गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन-ग्विरले राजीनामा दिएका छन् ।

उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन्।

युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन-ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिंदै आएका थिए।

उनले राजीनमा पेस गर्दै युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिएका छन् । यद्यपि उनले सरकार ढाल्न भूमिका भने नखेल्ने स्पष्ट पारेका छन् ।

सेयर गर्नुहोस्