विराटनगर, माघ १२-
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आएको बताएका छन् । शनिबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आएको बताएका हुन् ।
उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दावी समेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे ।