‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’

मोरङ, माघ १२ गते ।

 उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले निर्माण व्यावसायीको भुक्तानी नरोकिने प्रष्ट पार्नुभयो । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताउनुभयो । रासस

सेयर गर्नुहोस्