अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमायाले बाजी मारिन्, सचिवमा को–को विजयी भए ?

काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर खुशी विजयी भएकी छिन् ।

विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा मगरले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् । यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । दलिततर्फ आशा उपरकोटीले ७४६ मत ल्याएर बाजी मारेका छिन् । अन्य पदको गणना जारी रहेको छ ।

सेयर गर्नुहोस्