सञ्चार मन्त्रालयलाई इमेल पठाउँदै सम्पर्कमा आयो ट्विटर

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे ।

डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए ।

 

सेयर गर्नुहोस्