बेलायतमा पनि मनाइयो महाशिवरात्रि पर्व, राजदूत आचार्य र मेयर दाहालले गरे शिवको पूजा

भरतपुर: महाशिवरात्रि पर्व बेलायतमा पनि विधिपूर्वक पूजा, आराधना गरी मनाइएको छ । बेलायतवासी नेपालीहरूको पहलमा अल्डरटस्थित शिव कल्चरल सेन्टर र लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसर पारेर शुक्रबार भक्तजनहरूको घुइँचो लागेको थियो । सोहि अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पती र हाल बेलायत भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि अल्डरसटको शिव कल्चरल सेन्टरमा शिवको पूजा आराधना गरेका छन् । मेयर दाहाल एक अवार्ड ग्रहण गर्ने सिलसिलामा बेलायत पुग्नुभएको हो ।

शिव कल्चरल सेन्टरका अध्यक्ष विक्रम भट्टराईले भक्तजनहरूलाई भजन कीर्तन र दर्शन गर्न दिनभर मन्दिर खुला राखिएको र सयौंको संख्यामा भक्तजनहरूले पूजा आराधना गरेको बताउनुभयो । उक्त मन्दिर रहेको स्थान अल्डरसटमा नेपालीहरूको बाक्लो बस्ती रहेको छ ।

सेयर गर्नुहोस्