रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी

गण्डकी, पुस २२ गते ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ । शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकामा सोमबार सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी … Read more

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविका चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् । उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न … Read more

सहकारी नियमन प्राधिकरण बनिसक्यो, कार्यान्वयन हुँदैछ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ बार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सही दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अव कार्यान्वयनको … Read more

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ, पुस २२- शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच … Read more

वनको संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता

गण्डकी, पुस २२- गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन् । पोखरा महानगरपालिका–१६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन् । जङ्गलमा रहेको बहुमूल्य जडीबुटी, काठसहित चोरी–सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र उपयोग … Read more

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी, पुस २२- म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको रू दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे दुईवटा … Read more

झिलिमिली बन्दै बाजुराको विकट बस्ती बिच्छयाँ, स्थानीय उत्साहित

२२ पुस, बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविस केही महिनामै झिलिमिली हुने भएको छ । हिमाली गाउँपालिका १, २ र ३ वडाका ६ सय ८२ परिवार र वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा केही महिनाभित्र बिजुली बल्ने भएको हो । अँध्यारोमा बस्दै आएका गाउँले बिजुली बल्ने … Read more

पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी

मुम्बई-  अल्लु अर्जुन अभिनित पुष्पा २ : द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।अल्लु, रश्मिका मन्डन्ना र फहद फासिल अभिनित फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ । यसले भारतभर १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर तहल्का मच्चाएको छ । जसका … Read more

मधेशकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिंसहितविरुद्ध एक करोड रुपैयाँ विगो दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् । आयोगले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका … Read more

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारत-चीन सहमतिविरुद्ध धर्ना बसेका ग्रेटर नेपालका संयोजक फनिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार मध्यान्हदेखि धर्नाका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिएका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले धरपकडसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । नेपालले लिपुलेकको नेपाली … Read more