नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रीसहितको टोली इजरायल उड्यो

काठमाडौं, असोज २५- इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ। बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने छ। सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने … Read more

आज असोज २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

बारा, असोज २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । … Read more

प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, असोज २४ – सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ललाई पक्राउ पक्राउ गरेको हो । उनि माथी सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारेर लाखौँ रकम ठगि गरेको आरोप लागेको छ । २९ वर्षिय सनिषाले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई … Read more

लिखत प्रमाणितको शुल्क २०० मात्र लिन जीतपुरसिमरालाई उच्च अदालतले दियो अन्तरिम आदेश

बारा, असोज २४ गते । लिखत प्रमाणितको शुल्क मात्र रु. २ सय लिन जीतपुरसिमरा उपमहानगरपालिकालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ । यस अघि जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरुले लिखत प्रमाणितको शुल्क ५ सय लिदै आएको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा ३६ को उपदफा (४) मा घरसारमा तयार भएको लिखतहरु … Read more

करदातालाई कर सम्बन्धि शिक्षा दिनमा सकृय बन्दै आन्तरिक राजस्व कार्यालय सिमरा

बारा, असोज २३ गते । आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई सकृयताका साथ अघि बढाएको हो । विभिन्न स्थानिय संघ संस्था संग सहजिकरण गरेर आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया … Read more

इजरायलको अस्पतालबाटै प्रविणले भने-अपरेसन सक्सेसफुल भयो भन्दिनु है

काठमाडौें, असोज २३- इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया सफल भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर … Read more

इजरायली सेनाद्वारा बंकरमा फसेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थलमा लगियो

काठमाडौं, असोज २२- इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो । पर्वत पैयु ५ का नारायण भुसालले सामाजिक सञ्जालमा भिडियो … Read more

स्थानियद्धारा जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ, भुमिहिन र अव्यवस्थितको सिफारीस नदिएको आरोप

बारा, असोज २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानियहरुले वडा कार्यालय घेराउ गरेका छन् । वर्षौ देखी एलानी जग्गामा बसोबास गर्दै आएका भुमिहिन अव्यवस्थित स्थानियहरुले जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ गरेका हुन् । नेपाल सरकारले भुमिहिन र अव्यवस्थित स्थानियहरुको लागि ३५ दिने सुचना जारी गरे पनि वडा कार्यालयले कुनै सुचना … Read more

जीतपुरसिमराका करदातालाई राजश्व सम्बन्धि शिक्षण

बारा, असोज २२ गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उद्योगी तथा व्यापारीहरुलाई राजश्व सम्बन्धि शिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरको आफ्नै सभाहलमा उद्योगी तथा व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको हो । कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने … Read more

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

काठमाडौं, असोज २२- इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ । बैठकले त्यहाँ रहेका नेपाल … Read more