सिमलताल दुर्घटना : बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार

काठमाडौं– गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी … Read more

परराष्ट्रमन्त्री राणाले गरिन् पासपोर्ट कन्सुलर शाखाको निरीक्षण

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी छन् । मन्त्री राणाले बुधबार कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।  

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।खड्का चार दिनअघि लागूऔषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार … Read more

बाढीपहिरोले देशभर कहाँ के भयो?

मंगलबारदेखि परेको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ।काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्रमा बाढी पसेको छ।उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी आवागमन प्रभावित बनेको नेपाल प्रहरीले जानकारी दिएको छ।जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका २०८ मध्ये १८० वटा केन्द्रमा पानी परेको छ।मौसमविद् सुदर्शन हुमागाईंले ९ वटा केन्द्रमा १०० … Read more

बाढीले बगाएका मजदुरको शव फेला

टक्सार (भोजपुर)- बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ। भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए।इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा … Read more

२०८१ साल साउन १५ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण … Read more

के हो फिल्म ‘घरज्वाइँ’ काे विवाद ?

काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ । ४ करोड बढी व्यवसाय गरिसकेको फिल्मको ‘रोधिं’ शब्दको संवादलाई लिएर अहिले विवाद चर्किएको छ । फिल्म रुकुमको मगर समुदायको कथामा बनेको हो ।फिल्म ‘रोधिं’ शब्दको दुरुपयोग भएको भन्दै तमु धिं नेपालले उक्त संवाद हटाउन र नहटाएसम्म फिल्म प्रतिबन्ध गर्न माग गरिरहेको छ । त्यस्तै केही … Read more

सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्।बिपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले साेमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर बिपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका … Read more

प्रतिनिधिसभा बैठक : सडक दुर्घटना बढ्दै, पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न

काठमाडौँ I सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सडक अवरुद्ध हुँदा … Read more

बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । कम्पनीले सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत … Read more