२०८१ साल साउन १४ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला … Read more

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट (बागलुङ), । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक … Read more

नेप्सेले गर्‍यो मौद्रिक नीतिको स्वागत, ११३ अङ्कले बढ्यो

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको  छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो। त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो … Read more

चुनाव तीन कारणले आफूमाथिको कारबाही गैरकानूनी भएको भन्दै मुकुल ढकालले गुहारे निर्वाचन आयोग

आफूलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय गैरकानूनी भएको भन्दै डा. मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।रास्वपाले गत असार २५ गते ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो। आफूलाई पार्टीबाट हटाउने निर्णय तीन कारणले अवैध भएको ढकालले साउन १३ गते आयोगमा दर्ता गरेको निवेदनमा जिकिर गरेका छन्। कानून अनुसार सफाइको मौका … Read more

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

 काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका … Read more

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार … Read more

बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीको सरूवा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै त्यहाँबाट सरूवा गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको … Read more

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने २ सडक बन्द

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने २ सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरोका कारण कान्ति लोकपथ र भैँसे भिमफेदी काठमाडौँ सडक अवरुद्ध भएका हुन् । अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति १२ः४५ बजेको समयमा भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, … Read more

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो, अझै दुई दिन प्रवचन दिने

काठमाडौं I ललितपुर दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् । उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी … Read more

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास … Read more