चितवनमा लागुऔषध सहित एक जना पक्राऊ

चितवन: चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुरका २६ बर्षिय सोनु महतो पक्राऊ परेका हुन् । उनको साथबाट प्रतिवन्धित आगूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ चार दमलव ८७ ग्राम र एक सय ७२ ग्राम गाँजा र निटरभेन्ट २४ ट्यावलेट बरामद भएको चितवन प्रहरीले जानकारी … Read more

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी … Read more

नारायणी किनारमा भोलिदेखि राष्ट्रिय चिया प्रदर्शनी हुने

चितवन । चितवनमा पहिलोपटक नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ । यही माघ २६ र २७ गते नारायणी नदी किनार प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी हुन लागेको हो ।राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनी … Read more

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौं। नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ। बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपालजस्ता विकासोन्मुख देशहरुमा … Read more

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

भरतपुर। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। “चितवनबाट उच्च … Read more

कस्तो रहला बिहीबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी … Read more

२०८० साल माघ २५ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा … Read more

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

भरतपुर । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ । एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग … Read more

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफूले सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरुले उठाउनुभएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले … Read more

बिस्केटका दुई वटा लिङ्गो ल्याइयो

भक्तपुर। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त … Read more