दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् । उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० … Read more

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। … Read more

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्।काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्। ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि … Read more

आठबीसकोट बाढी: पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

त्रिवेणी (रुकुमपश्चिम), रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका … Read more

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं : सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो । तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ । यसअघि आइतबार प्रतितोला १ लाख ४६ … Read more

आज देशका यी स्थानमा भारी वर्षा हुने

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने … Read more

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

काठमाडाैं : ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्यालीमा हत्या प्रयासबाट बचे । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ । “के भयो, कसरी भयो … Read more

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

इजरायल:  इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ । सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा … Read more

सुनको मूल्यको नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मुल्य हो । यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला … Read more

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो ।अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी … Read more