गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न सहमहामन्त्री परियारको आग्रह

भरतपुर:  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न … Read more

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी … Read more

सुन-चाँदीको भाउ बढेको बढ्यै, एक हप्तामै सुनको भाउ ३ हजार ४ सय रुपैयाँ महँगियो

काठमाडौं:  विश्व बजारसँगै नेपालमा पनि सुन र चाँदीको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । यो हप्ता मात्रै सुनको भाउ प्रतितोला तीन हजार चार सय रुपैयाँ महँगिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजार खुलेपछि सुनको मूल्य दुई हजार तीन सय ५० डलर प्रतिऔँस कायम भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य दुई हजार चार सय … Read more

आज हिउँदे अधिवेशनको अन्तिम बैठक, कांग्रेसले आज पनि चल्न नदिने

काठमाडौं: संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यद्यपि संसद अधिवेशन … Read more

आइतबारको मौसम : यी तीन प्रदेशमा वर्षको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली … Read more

२०८१ साल वैशाख २ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको … Read more

शुक्रबारको मौसम : यी तीन प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको भैरहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि … Read more

२०८० साल चैत ३० गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म … Read more

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद-उल-फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्। इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास … Read more

आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै

काठमाडौं: इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। … Read more