कस्तो रहला आइबार देशभरको मौसम?

काठमाडौं:  देशका पहाडी भू–भागमा आगामी ३ दिनसम्मै मौसम बदली रहने भएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया … Read more

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा … Read more

२०८० साल चैत १८ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा … Read more

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि भारतको कोलकातालाई

चितवन: चितवनको भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोलि तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथी ३ रनको रोमाञ्चक जित हातपार्दै कोलकाताले उपाधी जितेको हो । कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ८ विकेटको क्षतीमा १८५ … Read more

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छः राष्ट्रपति

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले केही भएन … Read more

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

काठमाडौँ:  प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका … Read more

रास्वपाको अवसरवादी नीति : जान्नेलाई होइन, जित्नेलाई छान्ने

काठमाडौं । परम्परागत राजनैतिक दलहरु अवसरवादी भएको र देशका प्रमुख आवश्यकतालाई बेवास्ता गरेको भन्दै आफूलाई ‘वैकल्पिक शक्ति’को रुपमा पेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अवसरवादको चरम अवस्थामा पुगेको छ। पार्टीको विधान, नेताहरुको भाषण र पार्टीको ‘अलिखित’ नीतिमा लोकप्रिय प्रणाली र प्रक्रियाहरु प्रस्तुत गरिरहेको रास्वपाले वास्तविकतामा भने जसरी हुन्छ आफ्नो पार्टीलाई ठूलो बनाउने र चुनाब जित्नको लागि … Read more

२०८० साल चैत १७ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अत: आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेकोछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि … Read more

प्रधानमन्त्री दाहाल आज हेटौंडा आउँदै

मकवापुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा आउन लागेका हुन्। आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताए। उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, … Read more

धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा मृत फेला

काठमाडौं: डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट … Read more