सलमान खानका बुबा सलीम खान भेन्टिलेटरमा

मुम्बई ,फागुन ६ – बलिउड सुपरस्टार सलमान खानका पिता तथा प्रख्यात पटकथा लेखक सलीम खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ। उच्च रक्तचापको समस्या देखिएपछि मंगलबार बिहान मुम्बईको लीलावती अस्पताल भर्ना गरिएका ९० वर्षीय खानको मस्तिष्कमा रगत जमेको र ब्लिडिङ भएको रिपोर्टमा उल्लेख छ। अस्पताल प्रशासनका अनुसार उनलाई मंगलबार बिहान साढे ८ बजे आपत्कालीन … Read more

स्विट्जरल्यान्डमा रेल दुर्घटना, ५ जना घाइते

जेनेभा , फागुन ५ – दक्षिणी स्विट्जरल्यान्डमा क्षेत्रीय रेल लिकबाट खस्दा पाँच जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटना सोमबार गोप्पेनस्टाइन नजिकै भारी हिमपात भइरहेका बेला समुद्री सतहबाट करिब १ हजार २१६ मिटर उचाइमा भएको हो । प्रारम्भिक अनुसन्धानमा रेल गुड्नुअघि हिमपहिरोले पटरी छेकेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे सरकारी अभियोजक कार्यालयले … Read more

न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य तीव्र

न्यूजिल्यान्डको उत्तरी आइल्यान्डस्थित माउन्ट माउगानी पर्वतको आधार शिविरको क्याम्पिङ स्थलमा पहिरो जाँदा कयौँ बेपत्ता भएका छन् । पहिरो स्थानीय समयअनुसार बिहान ९ः३० बजे गएको बताइएको छ । पहिरो खसेर क्याम्पर भ्यान, कार, टेन्ट, शौचालय र नुहाउने ठाउँसम्म आइपुगेको बताइएको छ । बेपत्ता भइरहेकामध्ये कम्तीमा एक जना बालक रहेको आकस्मिक व्यवस्थापन मन्त्री मार्क मिचेलले भनेका छन् … Read more

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगित

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकह रूको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोतसाधनमाथि भार पर्नसक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो । सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ । यस कदमले … Read more

थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटना, २ जनाको मृत्यु

गुडिरहेको रेलमाथि क्रेन खसेर ३२ जनाको ज्यान गएको भोलिपल्ट थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटनामा परेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको सामुत साखोन क्षेत्रमा निर्माणाधीन एक्सप्रेस वे मा प्रयोग गरिएको क्रेन राजमार्गमा खस्दा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा केही सवारी साधन च्यापिएर क्षतिग्रस्त भएका छन् । घटनास्थल धुलो र भग्नावशेषले ढाकिएको भिडियो … Read more

थाइल्यान्डमा गुडिरहेको यात्रुबाहक रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्यान्डको नाखोन रत्चसिमा प्रान्तमा गुडिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा ७९ जना घाइते भएका छन् भने उनीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १९५ सिट क्षमताको उक्त रेलमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। स्थानीय समयअनुसार बिहान करिब ९ … Read more

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा … Read more

भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिन्छ: ट्रम्प

भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल दिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले भेनेजुएलामाथि तेल निर्यातमा लगाएकोे प्रतिबन्धका कारण ढुवानी जहाजहरूमै थन्किएर बसेको तेल बजार मूल्यमा बेचिने ट्रम्पको भनाइ छ । यसबाट आउने रकम भेनजुएला र अमेरिकी जनताको हितको काममा प्रयोग गरिने उनले बताएका छन् । ऊर्जा मन्त्री क्रिश राइटलाई आफूले … Read more

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा लगानी गर्न पाउनेः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनुभएको छ । यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो । अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । … Read more

२०२५ मा विश्वभर १२८ पत्रकारको मृत्यु

सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त … Read more