खालिदा जियालाई राजकीय विदाइ

बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो । प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र … Read more

युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताउनुभएको छ । फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।” सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने … Read more

आन्ध्र प्रदेशमा गुडिरहेको रेलमा आगलागीः एक जनाको मृत्यु, यात्रुहरू भागेर बाँचे

भारतको आन्ध्र प्रदेशको अनाकापल्ली जिल्लास्थित डुब्बाडा टाटा नगर–एरनाकुलम एक्सप्रेस रेलको दुई वातानुकूलित बोगीमा सोमबार बिहान आगलागी हुँदा एक जना ७० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ । धेरै यात्रुहरूले भने भागेर ज्यान जोगाउन सफल भएका हिन्दुस्तान टाइम्सले लेखेको छ । समाचारमा जनाइएअनुसार टाटानगरबाट एरनाकुलमतर्फ विशाखापट्टनम हुँदै गइरहेको उक्त रेलमा डुव्वाडा पार गरेपछि करिब डेढ बजे … Read more

मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते

मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ । मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए । ९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले … Read more

अमेरिकामा भीषण हिम आँधी

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको हिम आँधी डेभिनले गर्दा शनिबार ९ हजारभन्दा बढी घरेलु उडानहरू रद्द वा ढिलाइ भएका छन्। आँधीले क्रिसमसपछिको बिदाको यात्रालाई पूर्ण रूपमा अवरुद्ध पारेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्। आँधीले न्यूयोर्क र न्यू जर्सीलाई राज्य आपतकाल घोषणा गर्न बाध्य पारेको थियो। शुक्रबारदेखि शनिबारसम्म अमेरिकामा एक हजार ७ सयभन्दा बढी उडानहरू रद्द गरिए … Read more

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए। प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै … Read more

क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

११ अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ । भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा … Read more

कर्नाटकमा बस र ट्रक ठक्कर खाँदा आगलागी, एक दर्जन जनाभन्दा बढीको मृत्यु भएको आशङ्का

भारतको कर्नाटक राज्यस्थित चित्रदुर्गा जिल्लाको हिरियुर तालुकमा पर्ने राष्ट्रिय राजमार्ग ४८ मा बिहीबार भएको भयानक सडक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बेङ्गलुरुबाट शिवमोगाका लागि छुटेको एउटा निजी स्लिपर कोच बस र विपरित दिशाबाट आइरहेको लरी ९ट्रक० एकआपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो। ठक्कर लगत्तै बसमा आगो सल्किएपछि … Read more

तमिलनाडुमा बसले दुई कारलाई कुल्चिँदा ९ जनाको मृत्यु

भारतको तमिलनाडु राज्यस्थित कडलूर जिल्लामा बुधबार राति भएको एउटा सडक दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। तिरुचिरापल्लीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी रोडवेज बसको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा यो घटना भएको हो। अनियन्त्रित बस सडकको डिभाइडर नाघेर अर्को लेनमा पुगेपछि विपरित दिशाबाट आइरहेका दुईवटा कारलाई कुल्चिन पुगेको थियो। बसले किचेका दुवै कारहरू पूर्ण रूपमा … Read more

मस्कोमा विस्फोट, २ प्रहरी अधिकारीको मृत्यु

मस्कोमा भएको विस्फोटमा २ प्रहरी अधिकारीको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । दुई ट्राफिक प्रहरी अधिकारीहरूले येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक शङ्कास्पद व्यक्ति देखेका थिए । उनीहरू ती व्यक्तिलाई पक्राउ गर्न जाँदा विस्फोटक पदार्थ विस्फोट भएको थियो । रुसको अनुसन्धान समितिका अनुसार दुई प्रहरी अधिकारी र एक जना सर्वसाधारणको मृत्यु भएको छ … Read more