गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो । राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य … Read more

यूएईले फेरि लिन थाल्यो नेपालीको भिसा आवेदन

जेनजी प्रदर्शनपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले रोकेको भिसा आवेदन खुला भएको छ । हिजो (बिहीबार) देखि यूएईले रोकेको भिसा आवेदन खुला भएको हो । जेनजी प्रदर्शन हिंसात्मक बन्दा यूएईले भिजिट र रोजगारी भिसा नदिनुका साथै आवेदन पनि बन्द गरेको थियो। भिसा रोकेको विषयमा यूएईले नेपाल सरकारलाई औपचारिक जानकारी नदिनुका साथै यस सम्बन्धमा कुनै सार्वजनिक सूचना … Read more

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो … Read more

भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भीडीडीएमए) का अनुसार … Read more

बेलायतको केम्ब्रिजशायरमा रेलभित्र चक्कु आक्रमण: नौ जना गम्भीर

बेलायतको केम्ब्रिजशायरमा एउटा रेलभित्र भएको चक्कु आक्रमणमा नौ जना गम्भीर रूपमा घाइते भएका छन्। यो जानकारी ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले दिएको हो। प्रहरीका अनुसार डनकास्टरबाट किङ्स क्रस जाँदै गरेको रेलभित्र आक्रमण भएको थियो। घटनापछि १० जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा नौ जनाको अवस्था गम्भीर छ। प्रहरीले यसलाई ‘ठूलो घटना’को रूपमा लिएको छ र आतंकवाद विरोधी … Read more

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२-२८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए … Read more

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहनुभएका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको हो । विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण … Read more

मोन्थाका कारण भारतमा रेड अलर्ट जारी

भारतको मौसम विभागले बङ्गालको खाडीमा उठिरहेको समुद्री आँधी ‘मोन्था’सँग सम्बन्धित रेड अलर्ट जारी गरेको छ । विभागले मंगलबार आँधी गम्भीर बन्न सक्ने बताएको छ । ‘मोन्था हाल पश्चिम–मध्य बङ्गालको खाडीमाथि, गोपालपुरबाट लगभग ५५० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ’ भुवनेश्वरस्थित मौसम विभागका निर्देशक डा। मनोरमा मोहन्तीले समाचार एजेन्सी एएनआईलाई बताइन् । आँधी उत्तरपश्चिमतिर सर्दै गइरहेको र मंगलबार … Read more

समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ । यसैबीच, अरब सागरमा बनिरहेको नयाँ ‘डिप्रेसन’ले गुजरात र महाराष्ट्रलगायत पश्चिमी तटीय राज्यहरूमा बेमौसमी भारी वर्षा गराइरहेको छ । वर्षाले विशेष गरी किसानहरू प्रभावित भएका छन् । वर्षाका कारण … Read more

ट्रम्पले दिए हमासलाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् । ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए ।