स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

बार्सिलोना, काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् । सन् २०२३ डिसेम्बर पहिलो साता धन कमाउने सपना बोकेर रोमानिया त आए । … Read more

मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ

मध्य बेरुतको एउटा भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका लेबनानी अधिकारीहरूले बताएका छन्। बाचौराको बहु-मंजिला ब्लकमा हिजबुल्लाह सम्बद्ध स्वास्थ्य केन्द्र रहेको थियो, जसलाई इजरायलको सेनाले “सटीक” आक्रमणमा मारेको बताएको थियो। लेबनानको संसदबाट केही मिटर टाढा बेरुतको केन्द्र नजिक यो पहिलो इजरायली हमला हो। दक्षिणी उपनगर दहीहमा लक्ष्य … Read more

इजरायलमाथि इरानको मिसाइल आक्रमण: तेहरानमा खुशी मनाइयो

काठमाडौं- इजरायलमा मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरूले खुसी मनाइरहेका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर उत्सव मनाइरहेको तस्बिर सामाजिक सञ्जालमा आएका छन् । यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाकासमेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त … Read more

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् ।  हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।  । दुर्घटनामा हेलिकप्टरमा सवार दुई … Read more

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

तेहरान इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । इजरायली सेनाले … Read more

थाइल्याण्डमा स्कुल बसमा आगलागी : २५ जनाको मृत्यु भएको आशङ्का

बैंकक, थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरुले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताउनुभएको … Read more

बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो,आईसीयूमा भर्ना

एजेन्सी बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई खुट्टामा गोली लागेको छ। घटना आज बिहान करिब ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको हो। उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा मिस फायर भएको बताइएको छ। अभिनेता गोविन्दालाई अस्पताल भर्ना गरिएको छ। हाल उनको अवस्था स्थिर रहेको … Read more

पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गर्नुभएको छ … Read more

वृन्दावन पुगेर साधु बनेका एक पुरुष सहकारीको ३ अर्ब ठगेको आरोपमा प्रकाउ

भारत भा्तमा सहकारी ठगीमा संलग्न एक व्यक्ति प्रकाउ परेका छन् । वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको हो । एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका … Read more

इमरान खान दम्पती निर्दोष रहेको जाहेरी अदालतले गर्‍यो अस्वीकार

एजेन्सी – पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबी निर्दोष रहेको जाहेरी अदालतले अस्वीकार गरेको छ । भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेश अन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अदालतले अस्वीकार गरेको हो ।संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफू विरुद्धको मुद्दा संघीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले मन्त्रिपरिषद् निर्णयलाई संरक्षण गरेको बताएका छन् … Read more