एसियाली बाढी विपत्ः सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ । छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो भूभागमा मुसलधारे वर्षा भएको थियो … Read more

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नुभएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको … Read more

विजय लामासहित वायुसेवा निगमका दुई पाइलट कारबाहीमा

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ। उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाएको हो। उडान सञ्चालन सुरक्षा नियमको बर्खिलाप गरेको भन्दै प्राधिकरणले कारबाही गरेको जनाएको छ। उनीहरुले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउनेछैनन्।

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ । नेपालले पारवाहन सन्धिअनुसार भारतसँग ‘लिज’मा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो । कोलकाता बन्दरगाहमा चार हजार ८५० वर्गमिटरको गोदाम नेपाल पारवहन … Read more

चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा प्रवेश गरेका कामदारहरूसँग ठोक्किएको कुनमिङ … Read more

शेख हसीनाको अवामी लीगले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो। अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’(पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको छ कि … Read more

कफिनमै जीवित भेटिइन् थाई महिला

दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले … Read more

राष्ट्रपतिसँग साउदी अरबका राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो । रासस

१६ वर्ष नपुगेकाले अब फेसबुक, इन्स्टादेखि टिकटकसम्म चलाउन नपाउने

अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न विश्वमै पहिलो पटक पूर्ण प्रतिबन्ध लगाउँदैछ। यो कानुन डिसेम्बर १०, २०२५ बाट लागू हुनेछ। फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स, युट्युब, रेडिट, थ्रेड्स, किक र ट्विच जस्ता प्लेटफर्ममा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता राख्न वा सञ्चालन गर्न पाउने छैनन्। मेटा कम्पनी ९फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको मालिक० … Read more

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा … Read more