झ्याप्लेखोलाको पहिरोः गोरखाबाट काठमाडौँ छुटेको बस भेटियो

गोरखा गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए । ‘गाडीको नम्बर नै फेला पर्‍यो,’ उनले भने । बसको डण्डीमा चालकको मोबाइल नम्बर … Read more

बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको हो । सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो । अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए।

झ्याप्ले खोलाबाट थप ११ शव निकालियो, गोरखाबाट आउँदा हराएको बसका यात्रु हुन सक्ने

काठमाडौं। नागढुंगा नजिकै झ्याप्ले खोलाबाट पुरिएका थप ११ जनाको शव निकालिएको छ। यी शव हिजो भेटिएका माइक्रोबस बाट निकालिएका शवभन्दा फरक र थप हुन् । शव ९ पुरुष र २ जना महिलाको भएको बताइएको छ। यी शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा हराइरहेको बसका यात्रुहरूको हुन सक्ने आशंका गरिएको छ तर यो पुष्टि हुन सकेको छैन। … Read more

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा (मकवानपुर) पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । यसैबीच, … Read more