स्वास्थ्य सुधारका विषय मन्त्रालयले कार्यान्वयनमा लगेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनुभएको छ । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि तपाईले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागबारे थप सुधारका कामहरु अघि बढेको … Read more

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले … Read more

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै

काठमाडौँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनस् निर्माण बारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको … Read more

अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता

काठमाडौँ। अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ । अध्यक्ष दाहालले … Read more

डडेल्धुरामा बस दुर्घटना : मृतक ४ जनाको पहिचान खुल्यो, अन्य १२ जना घाइते

बैतडी। महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ … Read more

चितवनमा दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवन यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा … Read more