स्वास्थ्य बीमा :अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ । यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ । पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बीमाको प्रथम सेवा सुरु गरेको हो । यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा … Read more

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि … Read more

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो । नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना … Read more

रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने ९कम्पोनेन्ट मेसिन० नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ । रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई … Read more

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो … Read more

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको … Read more

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई … Read more

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो । डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिनुभयो । … Read more

बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले लगाए

चितवन/सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर ( ह्युमन प्यापीलोमा भाइरस एचपिभी )विरुद्धको खोप अभियानमार्फत बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २२ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गरेको कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय वाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलक्षित उत्त अभियानमा … Read more

जुससहित सबै चिनीयुक्त पेय पदार्थ धेरै पिउनु स्वास्थ्यका लागि अति हानिकारक

डा. पार्थ गुरागाईं काठमाडौं, ५ फागुन । चिसो पेय पदार्थको पहिलो घुट्कोले शरीरलाई शीतलता दिन सक्छ। तर के तपाईंलाई थाहा छ कि यिनै पेय पदार्थले दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउन सक्छ ? दैनिक जीवनमा हामी अनेकौँ चिनीयुक्त पेय पदार्थ पिउँछौँ जसमा कार्बोनेटेड ड्रिंक्स, ऊर्जा पेय (इनर्जी ड्रिंक्स), प्याकेज जुस, फ्लेभरयुक्त दूध, चिनी मिसाइएका चिया-कफी … Read more