मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड

सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेका हुन् ।

बढेन कर्मचारीको तलब, ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ घोषणा

सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् । पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, … Read more

ऊर्जा मन्त्रालयले पायाे ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट, यस्ता छन् कार्यक्रम

सरकारले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष १५ हजार ५ सय ७१ हेक्टर जमिनमा थप सिँचाइ विस्तार गर्ने बजेटमा उल्लेख छ । यस्तै रानीजमरा कुलरिया आयोजनाअन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर जमिनमा शाखा नहर सञ्चालन गर्ने र लम्की मूल नहरअन्तर्गत शाखा … Read more

काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जोडिने

काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा ट्राफिक लाइन जडान गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइट जडान गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

प्रहरीको अवकाश उमेर पुनरावलोकन गरिने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् । निजामती … Read more

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ … Read more

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी … Read more

मेलम्चीलाई ५० करोड बजेट, ६४५ किमी पाइप विस्तार गरिने

सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन् । मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर … Read more

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए । पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत उनले बताए । भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने भन्दै … Read more

बनेपामा फिल्म स्टुडियो सुरु गरिने, दोलखाको फिल्म सिटी सार्वजनिक-निजी साझेदारीमा

काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण सुरु गरिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ । यीसहितका कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई … Read more