मेलम्चीलाई ५० करोड बजेट, ६४५ किमी पाइप विस्तार गरिने

सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन् । मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर … Read more

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए । पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत उनले बताए । भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने भन्दै … Read more

बनेपामा फिल्म स्टुडियो सुरु गरिने, दोलखाको फिल्म सिटी सार्वजनिक-निजी साझेदारीमा

काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण सुरु गरिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ । यीसहितका कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई … Read more

विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने

सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत विदेशबाट फर्किएका एक लाख नागरिकलाई स्वरोजगार बनाइने घोषणा गरेका हुन् । उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई … Read more

पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने

सरकारले पाँच जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र … Read more

वैदेशिक रोजगारीमा जाँदा नि:शुल्क अभिमुखीकरण तालिम

सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्दै लैजाने बताएका हुन् । त्यस्तै उनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका लागि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने बताएका छन् । जसमा कम्तीमा … Read more

सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने, भूमि मन्त्रालयको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ

सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराउनुभएको हो । उहाँले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो । … Read more

काठमाण्डौ र बुटवलमा सूचना प्रविधि पार्क, ३ वर्षसम्म भाडा नतिरि काम गर्न पाइने

सरकारले आउँदो आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान विन्दुका रूपमा कार्यान्वयन गर्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको विकासमा आउँदो वर्ष उच्च प्राथमिकता दिने बताउनुभएको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर कार्यान्वयन गर्न ५९ करोड रुपैयाँ विनियोजन भएको छ । काठमाण्डौ र बुटवलमा सरकार र निजी भवन उपयोग गरेर … Read more

कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट, मृग पाल्नेदेखि गाँजा खुला गर्नेसम्मका कार्यक्रम

आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रकाे विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको छ । यस्तै सरकारले आउँदो आर्थिक वर्षमा चार वटा हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले … Read more

९ सय मेगावाट बिजुली थप्ने लक्ष्य, ऊर्जा क्षेत्रमा ५० अर्ब ७४ करोड रुपैयाँ बजेट

सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको जानकारी गराउनुभएको छ । यस्तै सरकारले आउँदो आर्थिक … Read more