सम्पर्क मंच रनिङ्ग कप फ़ुट्सल प्रतियोगिता सम्पन्न

असार ६ , काठमाडौँ नेकपा ( एमाले ) पाँचथर काठमाण्डौ सम्पर्क मञ्चले जिल्लाको पालिका स्थरिय रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। काठमण्डौंको धुम्बाराईमा अवस्थित धनन्तरी फुटसलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री डम्मरसिंह सम्वाहाम्फे प्रमुख अतिथि हुनुहुन्थ्यो भने समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा … Read more

त्रिदेशीय टी-२० क्रिकेट शृंखला आजदेखि सुरु, नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि स्कटल्यान्डमा सुरु हुँदैछ। शृंखलाको उद्घाटन खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे ग्लास्गोमा सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शृंखलाका लागि नेपाली टोलीमा दुई नयाँ अनुहारले स्थान बनाएका छन् – तीव्र गतिका बलर रुपेश सिंह र … Read more

नेपाली महिला राष्ट्रिय टोली आज स्वदेश फर्किँदै

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ।नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो। टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका … Read more

सुपर-३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ … Read more

नेपाललाई थाइल्याण्डले दियो १५९ रनको बलियो लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् । ओपनर नताया बूचाथामले पनि … Read more

महिला टी-२० विश्वकप छनोट: नेपालले आज बहराइनसँग खेल्दै

थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२:१५ बजे सुरु हुनेछ । समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ । समूह सी … Read more

क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतामा समावेश नहुने घोषण गरेका छन् । बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।  

निर्भाना एकेडेमीका विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक प्राप्त

काठमाडौं, बैशाख २३ अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाललाई गौरवान्वित गर्ने कार्यमा सीतापाइलास्थित निर्भाना एकेडेमीका दुई विद्यार्थीले उल्लेखनीय सफलता हात पारेका छन्। विद्यालयका कक्षा ६ का सक्षम श्रेष्ठ र कक्षा ८ का आश्रय उपाध्यायले जापानको ओसाका शहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा काश्य पदक जितेर देशको नाम विश्व मञ्चमा उजागर गरेका हुन्। अप्रिल २५ … Read more

यू-१९ विश्वकप एसिया छनोटः नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई

काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेलको टसमा ढिलाई भएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा ९ बजे टस भएर साढे ९ मा सुरु हुनुपर्ने खेलमा १० बजिसक्दा पनि टस भएको छैन । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानको केही भाग अझै पनि सुकिसकेको छैन । त्यसकारण आउटफिल्ड … Read more

टी-२०आई: पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। आसिफ शेखले ३३ रन बनाउँदा … Read more