लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो … Read more

चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान

चितवन, १४ भदौ । लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता … Read more

दोस्रो टी-२० मा नेपाल ‘ए’ ले आसामलाई दियो १७४ रन लक्ष्य

भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ए ले आसामलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । … Read more

खेलाडीले जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा जहिले पनि राष्ट्रको प्रतिनिधित्व गरेको बताएका छन् । ‘भक्त राना खुल्ला र्‍यापिड चेस’ प्रतियोगिता समापन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पुनले खेल क्षेत्रले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै खेलाडीहरुको प्रशंसा गरे । ‘देशको झण्डा बोकेर खेल्ने खेलाडीहरु मुलुकको गौरब हुन्’, पुनले भने, ‘कुनै … Read more

पाकिस्तान साहिन्सविरुद्ध दीपेन्द्रले एकै लिए ओभरमा दुई विकेट

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले पाकिस्तान साहिन्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएको छ । शुक्रबार डार्विनमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नेपालका लागि दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले तेस्रो र पाँचौँ बलमा विकेट लिएका हुन् । प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा … Read more

एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि हुने भएको छ । बिहीबार नेपाल प्रिमियर लिगको सामाजिक सञ्जाल पेजमार्फत एनपीएलको दोस्रो संस्करणको मिति घोषणा गरिएको हो । जसअनुसार, एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुनेछ । एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि … Read more

नेपालको लगातार दोस्रो जित

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो । मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे । रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल … Read more

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । नेपालले हालसम्म खेलको चार खेलमा … Read more

टप इन्ड सिरिजमा नेपालको पहिलो जित, नन्दन यादवले लिए ५ विकेट

अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नेपाललाई ६६ रनको फराकिलो जित दिलाउन फास्ट बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।  

नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान … Read more