विपदबाट प्रभावितको जिउधन रक्षामा सबै लागौं : प्रधानमन्त्री

काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका निकायलाई निर्देशन दिनुभएको हो … Read more

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको … Read more

संसदमा गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने-जिबी राईलाई पक्रेर ल्याउनुस्,फूलमालाले स्वागत गर्छौं

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले जिबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फूलमालाले स्वागत गर्ने बताए। ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं,’उनले भने, ‘अरू … Read more

बाढी पहिरोले जनताको बिचल्ली छ, दलहरू सत्ताको दौडमा छन् : केसी

काठमाडौँ  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार सामसुम पार्न दुई ठुला पार्टीको समीकरण बनेको हो भने नेपाली जनतालाई मान्य नहुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले संसद्को रोष्ट्रमबाट कसैले सफाइ दिए पनि नेपाली जनताले देखिरहेको र भोगिरहेको बताए । उनले भ्रष्टाचारबाट कुन पार्टी मुक्त र चोखो छ भन्दै प्रश्न गरे । ‘को … Read more

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

काठमाडौँ,  असार २३ गते ।  शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिराेलगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो … Read more

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाण्डाै – राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी … Read more

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । निकुञ्जका प्रमुख … Read more

काठमाडौँ–तराई र मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ–  काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो । बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग … Read more

साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता

काठमाडौँ । साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अव अत्यन्तै सहज हुने भएको छ । नेपालीहरूले नेपाल रेमिट मार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरूबाट मात्र नभई बिन याला एक्सचेन्जको मोबाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा … Read more

नेपालमा पहिलो पटक रोबोटबाट भयो शल्यक्रिया

काठमाडौं- ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ। सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो।वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको … Read more