प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हटाउन जुटेन सहमति

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत … Read more

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छः राष्ट्रपति

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले केही भएन … Read more

रास्वपाको अवसरवादी नीति : जान्नेलाई होइन, जित्नेलाई छान्ने

काठमाडौं । परम्परागत राजनैतिक दलहरु अवसरवादी भएको र देशका प्रमुख आवश्यकतालाई बेवास्ता गरेको भन्दै आफूलाई ‘वैकल्पिक शक्ति’को रुपमा पेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अवसरवादको चरम अवस्थामा पुगेको छ। पार्टीको विधान, नेताहरुको भाषण र पार्टीको ‘अलिखित’ नीतिमा लोकप्रिय प्रणाली र प्रक्रियाहरु प्रस्तुत गरिरहेको रास्वपाले वास्तविकतामा भने जसरी हुन्छ आफ्नो पार्टीलाई ठूलो बनाउने र चुनाब जित्नको लागि … Read more

प्रधानमन्त्री दाहाल आज हेटौंडा आउँदै

मकवापुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा आउन लागेका हुन्। आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताए। उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, … Read more

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छुः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने … Read more

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

नारायणगढ । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा … Read more

जलसंकट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौं: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए। सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले … Read more

डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गरेका छन्। “भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट … Read more

तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं:  गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रूपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए। ‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस … Read more

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाे उल्लेख गरेका छन्। राष्ट्रपति पाैडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच … Read more