प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

नारायणगढ । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा … Read more

जलसंकट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौं: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए। सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले … Read more

डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गरेका छन्। “भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट … Read more

तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं:  गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रूपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए। ‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस … Read more

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाे उल्लेख गरेका छन्। राष्ट्रपति पाैडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच … Read more

महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। “महाशिवरात्रिको … Read more

नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, … Read more

सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरिने, अहिलेका सबै मन्त्री हटाइने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने भएका छन्। अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन् । अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन … Read more

बागलुङ पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छः प्रधानमन्त्री दाहाल

बागलुङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन्। पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। “सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्”, प्रधानमन्त्री दाहालले भने, “यस्ता महायज्ञ सञ्चालनले देवस्थल … Read more

भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ: प्रधानमन्त्री प्रचण्ड

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् । नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् … Read more