भरतपुरको हाकिमचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते

चितवन, मंसिर १४- भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिहीवार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । क्यान्सर अस्पतालतर्फबाट आउदै गरेको ना ५९ प २५२२ नम्बरको मोटरसाइकल र चौबिसकोठिबाट हाकिमचोकतर्फ आउदै गरेको ना ५२ प ८७९३ नम्बरको मोटरसाइकल बिहीवार दिउँसो साढे ३ बजे आपसमा ठोक्किई दुर्घटना भएको हो । मोटरसाइकल आपसमा ठोक्किँदा दुवै सवारीका चालक … Read more

सहकारी ठगी प्रकरण: सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो। लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि विहिबार लामिछानेलाई काठमाडौं ल्याइएको हो। स्वर्णलक्ष्मी सहकारीको रकम … Read more

यू-१९ एसिया कप: आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । यूएईमा आज सुरु हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र तेस्रो खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ … Read more

बालाचतुर्दशीको तीन दिन पशुपति आसपास मदिरा र मासु बेच्न निषेध

काठमाडौं-  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ। बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ … Read more

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा

काठमाडौं – भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्। भोलि (शुक्रबार) हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ।     

उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीति लगानीमैत्री बनाउँछौँ : उद्योगमन्त्री भण्डारी

काठमाडौँ, मङ्सिर १३ गते ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताउनुभएको छ । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्नुहुँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने … Read more

सीका ‘घनिष्ट सहयोगी’ मियाओ हुआविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

१३ मंसिर, बेइजिङ । भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने, ‘सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ । ’वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का … Read more

रवि लामिछानेलाई आज काठमाडौं लगिदैँ

पोखरा, मंसिर १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) अपराह्न काठमाडौं लगिने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ। सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने

काठमाडौँ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आराधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। निकट भविष्यमा … Read more

कानुनमै नभएको अभ्यास गर्दै नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार

नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने नाममा कानुनमै नभएको अभ्यास गर्दै नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा बैंक खाता रोक्का गर्न राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै पत्र लेखेका छन् ।त्यस्तै नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योग सञ्चालकले स्थापना … Read more